पोखरामा सडकसँगै भासियो घर पनि

कास्की । लगातार परेको भारी मन्सुनी वर्षाका कारण पोखरा महानगरपालिका–४ मा सडकसंगसंगै एउटा घर पनि भासिएको छ ।
फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म गर्ने स्थानअगाडिको सडक करिब १० मिटर भासिएको हो । 
सडक वारी र पारी गरेर पूर्णरुपमा भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनुभयो । सडकसँगै जोडिएको घरको बाहिरी भाग सकुशल रहेको तर, घरको भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको उहाँले बताउनुभयो ।
सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा जमिन र सडक भासिँदै आएको छ । 
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको एक टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here