सुनचाँदीको मुल्यमा वृद्धि

काठमाडौँ । सुनचाँदी बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here