अजय तामाङको “घुम्न आउनु लापा गाउँ” छिट्टै प्रकाशन हुदै: गीत बाटै पर्यटन प्रबर्द्धनको प्रयास

धादिङ । अजय तामाङको तामाङ र नेपाली भाषामा मिश्रित गीत “घुम्न आउनु लापा गाउँ” छिट्टै प्रकाशन हुँदै छ ।
उत्तरी धादिङको रुबीभ्याली ५ स्थित लापा गाउँको सौन्दर्य, कला संस्कृति, भाषाहरुलाई समेतर रचना गरिएको गीत “घुम्न आउनु लापा गाउँ” नेत्र भण्डारीको संगित, मनमाया वाइवाको स्वर एबं अजय तामाङको रचना रहेको उक्त गीतको अडियो तयारी भैसकेको र छिट्टै म्युजिक भिडियो पनि लापा गाउँ मै सुटिङ गरि गीतको शब्द अनुसार भिडियोलाई छायांकन गरि छिट्टै प्रकाशन हुने अजय तामाङले होराईजन खबरलाई बताए ।

साथै उक्त गीत निर्माणमा विशेष सहयोग तर्बा तामाङ र शान्त तामाङले गर्नु भएको छ । लापा गाउँलाई संगीतको माध्यम बाट चिनाउने कोसिस गरिएको यश गीतको म्युजिक भिडियो निर्माणमा समेत केही आर्थिक अभाव भएकोले सहयोगी मनका धनी जो आफ्नो गाउँठाउलाई माया गर्नु हुन्छ उहाहरुलाई सहयोगको अपिल समेत तामाङले गर्नु भएको छ ।