युट्युबमा अब अपलोड भइसकेको भिडिओ पनि इडिट गर्न सकिने

काठमाडौं । युट्युबमा भिडिओ अपलाेड गरेपछि केही गल्ती देखिए भिडिओ नै डिलिट गर्नुपपर्ने अवस्था धेरैले भोगेको हुनुपर्छ । यसाे गर्दा भिडिओमा आएका भ्युज, कमेन्ट अथवा लाइक हराउने सम्भावना रहन्छ ।

यसबाट बच्ने अर्को उपाय भनेको भिडिओमा भएको गल्ती डिस्क्रिप्सनमा लेख्नु हो । तर सबै दर्शकले डिस्क्रिप्सन पढ्छन् भन्ने हुन्न । यसल गर्दा धेरै समस्या आइरहेको हुन्छ ।

यो समस्यालाई समाधान गर्न युट्युबले नयाँ फिचर ल्याएको छ, ‘करेक्सन’ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले अपलोड गरिसकेको भिडिओमा भएका गल्तीहरू सहजै सच्याउन सक्नेछन् ।

अब पोस्ट भएकै भिडिओमा गल्ती सच्याउन सकिनेछ र यसरी सच्चाइएको विवरण भिडिओको छेउमा ‘इन्फोकार्ड’ मा उल्लेख गरिनेछ ।

दर्शकले सोही इन्फोकार्डमा क्लिक गरेर सच्याइएको कुरा देख्न सक्नेछन् । यसमा कुन समयमा के कुरा सच्याइएको थियो लगायतका सबै विवरण देख्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here