धादिङ । उत्तरी धादिङको रुबीभ्याली ६ का वडा अध्यक्ष समीर गुरङ द्वारा सोमबार पदभार ग्रहण गर्नु भएको छ ।
गठबन्धनको साझा उम्मेदवार गुरुङ द्वारा राप्रपाका उम्मेदवार एबं सोही वडाका पुर्ब वडा अध्यक्ष समेत रहेका नर बहादुर गुरुङलाई झिनो मतको अन्तरले पराजित गर्दै बिजय हुनुभएको थियो ।
गुरुङ नेकपा एकीकृत समाजबादीका उर्जाशिल एबं उत्तरी धादिङका बिकास प्रेमी युवा नेताका रुपमा समेत परिचीत हुनुहुन्छ ।