मन्त्रिपरिषद बैठकले गरेका १० निर्णयहरु आज सार्वजनिक

काठमाडौ । मन्त्रिपरिषदको जेठ १३ गतेको बैठकले गरेका १० निणर्य सार्वजनिक गरिएको छ । सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसका अवसरमा १६ जनाको कैद माफि गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि विभिन्न नियमावली संसोधन गर्न स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यी हुन् निर्णयहरु :

१) बेल्जियमको राजधानी ब्रसेलसमा विस २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोवल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
२) नेपाल बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने ।
३) गणतन्त्र दिवसको अवसरमा उपमाकान्त पराजुलीसहित १६ जनाको कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।
४) नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतको भ्रमण दललाई युनिफिल्ड लेवनान र सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने ।
५) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने ।
६) सुरक्षण मुद्रण समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल्प पौडेललाई पदावधी १ पटकका लागि थप गर्ने ।
७) परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सल्ट्यान्ट डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गर्ने ।
८) लोकसेवा आयोगको सिफासि बमोजिम निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती तथा पदस्थापन गर्ने ।
९) बजेट तथा अर्थसम्बन्धी विधेयकहरु संघीय संसद्मा पेश गर्ने ।
१०) मूल्यअभिवृद्धि कर २४ औं संसोधन नियमावली २०७९, अन्तशुल्क २३ औं संशोधन नियमावली २०७९, भन्सार १३ औं संशोधन नियमावली २०७९ र आयकर १३ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here