काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्धकथा लेखन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यमा बौद्ध दर्शन, गौतम बुद्धको जीवनी, बुद्धकालीन, घटना तथा जातक कथाहरूको प्रवर्धन गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगिताको लागि यही २८ जेठभित्र कथाहरू पठाउन सकिने छ ।
मूल्यांकन समितिबाट उत्कृष्ट ठहरिएका पाँच जनासहित अन्य दश जनालाई सान्त्वना पुरस्कार दिइने र कथामा एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म शब्द हुने पर्ने शर्त राखिएको छ । संकायले पुरस्कृत कथाहरूको पुस्तक पनि निकाल्ने जानकारी दिएको छ ।