नुवाकोटको किस्पाङमा यात्रुबाहक बस भीरबाट खस्यो

    नुवाकोट । नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ । किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेको किस्पाङका वीरबल तामाङले जानकारी दिए ।
    साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस किर्नेबगरमा दुर्घटनामा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ । घटनाका बारेमा थप विबरण प्राप्त हुन बाँकी छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here