आजै संसदमा एमसीसी टेबल हुने

काठमाडौ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबल गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको अहिले बस्ने बैठकको कार्यसूचीमा एमसीसी राख्ने सहमति बैठकमा जुटेको हो ।
बैठकपछि संसद सचिवालयले जारी गरेको कार्यसूचीको तेस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ ।
कार्यसूचीमा लोकसेवा आयोग विधेयक र समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने पनि उल्लेख छ ।
यद्यपि प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसद बैठकमा अवरोध कायमै राख्ने जनाएको छ । आफ्ना माग सम्बोधन नभएकाले अवरोध जारी राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here