धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मिलनटोलमा एसजेएस हट एण्ड स्पाईसी होटलको शाखा सन्चालनमा आएको छ !
वेस्टेन परिकारलाई नेपाली स्वादमा विभिन्न परिकारहरु बनाएर चर्चामा रहेको एसजेएस हट एण्ड स्पाईसी होटेलले धादिङको मिलनटोलमा पनि सन्चालनमा ल्याएको प्रमुख ज्ञान गुरुङले जानकारी दिनुभयो । १० बर्ष दुवईको विभिन्न पाँच तारे होटलमा काम गरेर फर्किएका ज्ञान गुरुङले नेपाल फर्केर पोखरामा हट एण्ड स्पाईसी होटल सन्चालनमा ल्याउनु भएको थियो ।
अहिले पोखरा सहित देशका ७ भन्दा बढी जिल्लामा उक्त होटलको शाखा सन्चालनमा रहेको हट एण्ड स्पाईसी धादिङ शाखाका सन्चालन एलिजर तामाङले बताउनुभयो। उक्त होटलमा फास्ट फुड, पिज्जा, वर्गर,स्याण्डह्विच, मट्का चिया, मट्का बिरयानी, सि फुड लगायत अन्य परिकारहरु सस्तो मुल्यमा पाईने सन्चालन एलिजर तामाङले जानकारी दिनुभयो।
उक्त होटलले १० किलोमिटर क्षेत्र वरपर निशुल्क डेलिभरी गर्ने लक्ष्य समेत रहेको तामाङले बताउनु भयो ।




























