धादिङ जिल्ला क्रिकेट संघ द्वारा आयोजित टी २० क्रिकेट प्रतियोगिता सम्पन्न !

कार्तिक – १८ । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक ११ गते देखि संचालन भएको टी २० क्रिकेट प्रतियोगिता गजुरी सामुदायीक विकास समाजले जितेको छ । जस्मा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधी जितेको हो ।

टस जितेर ब्याटिङका लागि आएको गजुरीले २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ११० रन जोडेको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकाको मद्दतले २८ रन जोडे। सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडे । गजुरीका ६ ब्याटरले भने रन आउट मार्फत आफ्नो विकेट गुमाएका थिए ।

त्रिपुरासुन्दरीका अनिल अधिकारीले ४ ओभरमा १७ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए । अनिलले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उज्वलको विकेट पनि हात पारे । श्रीकृष्ण र उदय थापाले भने सम्मान १/१ विकेट हात पारे । जवाफी ब्याटिङ गर्न गरेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रनमा सिमित बन्यो । १४ ओभरमा ६२ रन जोड्दै मात्र ५ विकेट गुमाएर खेलमा रहेको त्रिपुरासुन्दरीले उदय थापालाई २१ रनमा गुमाउँदा खेल पनि गुमाउन पुग्यो । उदय थापाले २५ बलमा २१ रन जोडे । गजुरीका सानु घलेले ३ विकेट लिए । प्रदीप गिरी र सक्षम खरेलले सम्मान २ र २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच घोषित हुँदै सानु घले नगद ५ हजार सहित ट्रफी हात पारे । प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा घोषित हुँदै नगद ५ हजार सहित ट्रफी हात पारे । म्यान अफ द सिरिज र उत्कृष्ट बलर उज्वल थापा दुई विधाको १५ हजार हात पार्दै आकर्षक ट्रफी जिते । प्रतियोगिताको उदयमान खेलाडी गजुरीका सक्षम खरेलले ५ हजार सहित ट्रफी जिते । (Source: dhadingpost)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here