कोभिडविरुद्ध पहिलो मोल्न्यूपिरभीर नामक खाने चक्की यूकेद्वारा अनुमति

    
 

लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरेको छ।

मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ।

शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती “महत्त्वपूर्ण” हुने बताएका छन्। bbc