प्रदेश सरकारको सहयोगमा खनियाबास गा. पा.- १ को जोङ्गखेल मैदान निर्माण सुरु

धादिङ । खनियाबास गाउँपालिका वडा न १ साबिकको झार्लाङ गाबिस वडा न. २ उङगुलमा अवस्थित जोङ्गखेल मैदान निर्माण कार्य आज बाट सुरु भएको स्थानीय हर्क तामाङले होराईजन खबरलाई बताए ।

प्रदेश सरकारको ३० लाख सहयोगमा उक्त मैदान निर्माण कार्य सुरु भएको छ । उक्त मैदान निर्माण भैसके पछि मुख्य गरि खनियाबास वडा न. १ साथै वडा न. २ का खेल प्रेमिहरुलाई धेरै सहयोग हुने तामाङले बताए ।

यश भन्दा अगाडि उपयुक्त खेल मैदानको अभावले आवस्यक अभ्यास गर्न समस्या भैरहेकोमा अब यश खेल मैदान निर्माण पछि भने खेलाडीहरुले भरपुर अभ्यास गर्न सक्नेछ्न । जस्ले गर्दा खेलकुद क्षेत्रमा उत्साहजनक प्रगति हुनेमा अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here