कार्तिक – २ । धादिङका पुर्व सभापति रामनाथ अधिकारीलाई भेट्न नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला धादिङ आएका हुन ।
नेपाली काङ्ग्रेस धादिङको सभापतिका दाबेदार रहेका अधिकारीलाई समवेदना प्रकट गर्नकै लागि दुबै नेता आज धादिङ आएका हुन् । समवेदना दिन अधिकारीको घर नीलकण्ठ-७, तल्लोबेसी पुगेका हुन ।
अधिकारीका आमा टिकादेवी अधिकारीको ८२ बर्षको उमेरमा असोज २८ गते नवमीको दिन निधन भएको थियो । अधिकारी अहिले किरियापुत्री बसिरहेका छन्