लेदो हटाएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा माथिबाट लेदो खसेर एकतर्फी अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सडकमा खसेको लेदो हटाएपछि यातायात दुवैतर्फबाट सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

यद्यपि उक्त क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।