मोरङ । सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा सर्पले डसेपछि १० वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार रेहाना खातुनलाई मंगलबार बिहान घरमा सुतिरहेको समयमा सर्पले टोकेको थियो। बिहान करिब २ः३० बजे दाहिने हातमा सर्पले डसेपछि उनको अवस्था बिग्रिँदै गएको थियो।
परिवारले तत्काल उनलाई रंगेली अस्पताल लगेर उपचार गराएको थियो। तर उपचारका क्रममा बिहान करिब ३ः४५ बजे चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाको कारण र अन्य विवरणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।






