धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–७ स्थित श्री जनज्योति आधारभूत विद्यालयको ३७औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष श्री देवराज धरेल ज्यू रहनुभएको थियो भने विशेष अतिथि वडा नं. ४ का वडा अध्यक्ष श्री कपिलदेव सिम्खडा ज्यू रहनुभएको थियो। साथै कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, छिमेकी विद्यालयका शिक्षकहरू, अभिभावक तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वार्षिक उत्सवलाई थप आकर्षक बनाउन गणेशथान महिला पञ्चेबाजा समूह र प्रगतिशील आमासमूह पञ्चेबाजा समूहले सांस्कृतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै शैक्षिक विकासप्रति सामूहिक प्रतिबद्धता जनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।






