लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबारदेखि प्राविधिक परीक्षण, सतर्क रहन आग्रह

रसुवा । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशीस्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबारदेखि प्राविधिक परीक्षण सुरु हुने भएको छ।

मल्टी इनर्जी डेभलपमेन्ट प्रा. लि. का अनुसार बाँध, सुरुङ, पेन्स्टक तथा विद्युतगृहका संरचना र उपकरणहरूको चरणबद्ध परीक्षण पुस २७ गतेदेखि निरन्तर सञ्चालन हुनेछ।
परीक्षणका क्रममा एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने हुन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा नदी बहाव असामान्य हुन सक्ने भन्दै नदी आसपास नजान आयोजनाले आग्रह गरेको छ। यस अवधिमा नदीमा आवतजावत, पौडी खेल्ने, माछा मार्ने, नुहाउने तथा बस्तुभाउ चराउने कार्य जोखिमपूर्ण हुने जनाइएको छ।