जस थापा तामाङ स्मृति कप भलिबल प्रतियोगिता लब्दुङमा दशैको अवसरमा हुदै

धादिङ । दसैंको अवसर पारेर रूबीभ्याली गाउँपालिका–१, तिप्लिङ (लब्दुङ) मा स्व. जस थापा तामाङको सम्झनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

समग्र रूबीभ्यालीका खेलप्रेमी युवाहरुको अभिभावक तथा प्रशिक्षक आदरणीय जस थापा तामाङको सम्झनामा लब्दुङ युवा समाजले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिता तथा गोरुजुदाई कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा पहिलो हुने टिमले रु. ५० हजार ५५५ सहित ट्रफी र मेडल, दोस्रो हुने टिमले रु. ३० हजार ५५५ सहित ट्रफी र मेडल र तेस्रो हुने टिमले रु. २० हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

त्यसैगरी, उत्कृष्ट खेलाडीलाई रु. १५००, उत्कृष्ट डिफेन्डर, स्पाइकर र लिफ्टरलाई जनही रु. १००० का दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले रु. ३५०० शुल्क तिर्नुपर्नेछ ।

आयोजक लब्दुङ युवा समाजका अनुसार प्रतियोगितामार्फत खेलकुदलाई प्रोत्साहन गर्दै युवाबीच आपसी सहयोग र मेलमिलापलाई अझ बलियो बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।