धादिङ । लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ज्वालामुखी गाउँपालिका–४ की रेशु विश्वकर्मालाई रु. २७,००० को छात्रवृत्ति प्रदान गरेको छ। आर्थिक अवस्था कमजोर रहेकी रेशु जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कूलमा एचए दोस्रो वर्षमा अध्ययनरत छिन्।
क्लवका अध्यक्ष विक्रम विश्वकर्माले छात्रवृत्तिको उद्देश्य रेशुको अध्ययनमा सहयोग पुर्याउने रहेको बताए। उनले क्लवले निरन्तर स्वास्थ्य शिविर, रक्तदान र सरसफाइ कार्यक्रममार्फत समाजसेवा गर्दै आएको जानकारी गराए।
कार्यक्रममा धादिङ अस्पतालका निर्देशक गगन अधिकारी, डिस्ट्रिक चिफ लायन अनुज कुमार श्रेष्ठ, र डिस्ट्रिक चिफ एडमिनिस्ट्रेटर लायन जनार्दन फुयाल लगायतले क्लवको सामाजिक योगदानको प्रशंसा गरे। यस अवसरमा विभिन्न चिकित्सक र समाजसेवीहरूलाई पनि सम्मान गरिएको थियो।




























