आइसिडिसी धादिङद्धारा बोनम्यारो पीडित बिमला श्रेष्ठलाई ३५ हजार सहयोग

धादिङ असोज -२
होराईजन संबादाता
एकीकृत सामुदायिक विकास अभियान ICDC धादिङको २४ औ वार्षिक साधारणसभा सप्पन्न भएको छ। संस्थाका अध्यक्ष गोपाल लम्सालको अध्यक्षतामा सम्पन्न सभामा सस्थाका पदाधिकारी सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । साधारण सभामा संस्थाको आर्थिक वर्ष ०७७-७८ को प्रगति प्रतिवेदन सचिव शालिकराम दुवाडी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपाल गुरुङले प्रस्तुत गरेको थियो ।

साधारण सभाको अवसर पारी उक्त संस्थाले नीलकण्ठ नगरपालिका–८ निवासी दिपक श्रेष्ठ र सुनिता श्रेष्ठकी १८ बर्षिय छोरी बिमला श्रेष्ठको बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि उपचारमा आर्थिक समस्या भएकोले संस्थाको तर्फबाट रु. १० हजार र सदस्यहरुको तर्फबाट २५ हजार गरी जम्मा ३५ हजार नगद सहयोग बिमलाको आमा सुनिता श्रेष्ठ लाई हस्तान्तरण गरिएकको थियोे l

सोही अवसरमा संस्थाको परिसर वरिपरि विभिन्न प्रजातिका फलफूलका विरुवाहरु समेत रोपिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here