वडा अध्यक्ष द्धारा धादिङका स्थानीय २ जनालाई कुटपिट

साउन-२ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा अध्यक्षले स्थानीय २ जनालाई कुटपिट गरेका छन् । वडा अध्यक्ष फन्द्रा तामाङसहितको समूहले शुक्रबार दिउँसो अब्जनाथ सापकोटा र इन्द्रप्रसाद घिमिरेमाथी कटपिट गरेका हुन् ।

कुटपिटपछि सापकोटा सख्त घाइते भएका छन् भने घिमिरे सामान्य छन् । सापकोटालाई धादिङ अस्पतालमा उपचारपछि थप उपचारको लागि शनिबार काठमाडौ लगिएको छ । पुरानो पार्टी एमाले छोडेर नयाँ पार्टी नेकपा समाजवादीमा लागेको भन्दै वडा अध्यक्षसहितको समूहले गालीगलौज गर्दै कुटपिट गरेको घाइते घिमिरेले बताएका छन् ।
यसैबिच घटनाको छानविन गरी दोषीमाथी कारबाहीको माग गर्दै नेकपा (एस) जिल्ला कमिटि धादिङले प्रेस वक्तव्य जारी गरिएको नेकपा (एस) धादिङका सचिव सुवास खतिवडाले बताउनुभयो ।
शनिबार विहान नेकपा एसका केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटी, धादिङ जिल्ला सचिव सुवास खतिवडा लगायत नेताहरु घाइते सापकोटालाई भेट्न धादिङ अस्पताल पुग्नुभएको थियो ।
(source : Nagarikpati)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here