पुन मगरलाई मगर समाजबाट छुटाउने दुराशय भइरहेको भन्दै नेपाल मगर संघकाे आपत्ति । के थियाे पुन समाज नेपालकाे अपिलमा ?

पुन मगरलाई मगर समाजबाट छुटाउने दुराशय भइरहेको भन्दै नेपाल मगर संघले कडा शब्दमा आपत्ति जनाएकाे छ । शुक्रबार एक विज्ञप्ति जारी गरेर पुन समाजका नामबाट २०७८ सालको जनगणनामा मगरभित्रकै एक थर पुनलाई पुन जाति र मगर मातृभाषालाई पुन भाषा भनेर लेख्न गरिएको आह्वानप्रति धाेर भर्त्सना व्यक्त गरेका हाे ।

“मगर जाति एउटा गौरवपूर्ण इतिहास बोकेको आकाशझैं फैलिएको विशाल आदिवासी मानव जाति हो। यसका सातवटा मुल थर पुन, आले, घर्ती, बुढा, राना, थापा र रोका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘मगर जाति भित्रका यी थरहरुले आआफ्नो कुल पितृ पूजाआजा र भाइखलकको कल्याण गर्ने पवित्र उद्देश्यले खोलेका विभिन्न मगर थरका समाज खोलिएका मध्ये पुन समाज नेपालको नामवाट मिति २०७८ भदौ ३१ गते जारी गरिएको अपिलमा पुन मगरलाई मगर समाजदेखि छुटाउने दुराशयले पुन जाति र मातृभाषालाई पुन भाषा भनेर उल्लेख गरेर २०७८ सालको जनगणनामा सोहीअनुसार लेख्ने भनेर आव्हान गरेकोमा नेपाल मगर संघको गंभीर आपत्ति मात्रै नभएर घृणा सहितको भर्त्सना गर्दछ।’

मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज विभाजन गर्न मगर समाजभित्रका कुनै पनि मगर संघसंस्था स्थापना गर्ने र चलाउने छुट वा सुविधा हरबखत कसैलाई नभएको पनि विज्ञप्तिमा उल्लेख छ।

विगतमा कुनै पनि कारणले सिर्जना भएका समस्यालाई हल गर्न अहिले नेपाल मगर संघको केन्द्रीय समिति, संरक्षक समिति र सल्लाहकार समितिमा पुन समाज नेपाल र पुन मगर समाज नेपाल दुईवटा संस्थाबाट प्रतिनिधि राखेर काम गरेको पाँच वर्ष भइसकेको तर आज फेरि मगर जातिभित्रको विभिन्न मौलिक थरहरूमध्ये पुन थरलाई जात र मगर मातृभाषालाई पुन भाषा भन्ने भनेर पैसाका लागि मगर एकता फुटाउने प्रयास भइरहेको बताइएको छ।

‘केही दलाल वा कुनै बेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगर जनहरुलाई नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।

मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिले पनि विश्वाव्यापी रुपमा कुनै पनि जातिको थर उपथरबाट कुनै अमूूक जाति नबन्ने र थरअनुसार भाषा पनि बन्न नसक्ने मगर संघको भनाइ छ।

‘यदि केही दलालका भनाइ साबिति हुने हो भने संसारमा पुन भाषा कहाँ बोलिन्छ, कस्तो हुन्छ र त्यसको व्याकरणीय भाषाविज्ञान कस्तो हुन्छ भन्ने पुष्टिसहित प्रोजेक्सन गर्न आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको सामना गर्न तयार छौं होइन भने सोझासाझा मगरलाई भ्रममा पारेर तरंगित पारेर मगर समाजलाई विभाजन गरेर आफ्नो अभिष्ट पूूरा गर्ने चाहने गलत काम बन्द गरियोस्।’

पुन समाज नेपालको नाममा मगर जातिलाई आँच आउने र विभाजन गर्ने कार्य गरे कठोर कदम चालिने र जसवाट निस्कने कुनै पनि परिणामको जिम्मेवारी विभाजनका लागि सहयोग गर्ने जुनसुकै पक्ष हुने विज्ञप्तिमा बताइएको छ। मगर संघ केन्द्रीय समितिको आधिकारिक धारणाबाहेक कसैको बहकाउमा नलाग्न आम मगरलाई अनुरोध समेत गरिन्छ” बिज्ञप्तिमा भनिएकाे छ।

मगर संघले आगामी जनगणनामा जातिमा मगर, मातृभाषामा मगर ढुट वा मगर खाम÷पाङ वा मगर काइके तथा धर्ममा प्रकृति पूजक वा बुध्द लेख्न सबैमा हार्दिक अपिल गरिन्छ ” नेपाल मगर संघका तर्फबाट अध्यक्ष नवीन रोका मगर र महासचिव ज्ञानेन्द्र पुन मगरले जारी गरेकाे एक विज्ञप्तिमा भनिएकाे छ ।

के थियाे पुन समाज नेपालकाे अपिलमा ?

पुन समाज नेपालका महासचिव सिमन सेरपुजा पुन द्वारा हस्ताक्षरिक बिज्ञाप्तिमा यहि २०७८ भाद्र ३० गते देखि तथ्यांक विभागकाे कर्मचारीहरू घर घरमा अाउने भएकाृले सम्पुर्ण पुनहरूले थरमा अा-अाफ्नाे थर र जातमा पुन लेखाउन भनिएकाे छ।

“नेपाल सरकारकाे राष्ट्रिय तथ्यांक विभागद्वारा २०७८ साल कात्तिक २५ गते मंसिर ९ गते सम्म हुन गैरहेकाे १२ अाै राष्ट्रिय जनगणनाकाे लागि सुचि संकलन गर्न यहि २०७८ भाद्र ३० गते देखि तथ्यांक विभागकाे कर्मचारीहरू घर घरमा अाउने भएकाेले सम्पुर्ण पुनहरूले थरमा अा-अाफ्नाे थर ( पद) जातमा पुन जात , भाषामा पुन भाषा,र धर्ममा कर्पाकेली धर्म लेख्न लेखाउनुहुन पुन समाज नेपाल हार्दिक अपिल गर्दछाै । भनिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here