नेपाल लेखापढी कानुनी ब्यवसायी एसोसिएसन धादिङको २५ औ अधिबेशन आज हुदै

नेपाल लेखापढी कानुनी ब्यवसायी एसोसिएसन जिल्ला कार्य समिति धादिङको २५ औ जिल्ला अधिबेशन आज धादिङ बेशिको सिरान बजार स्थित क्रीक रिसोर्टमा हुँदै ।

अध्यक्षमा रामप्रसाद नेपाल लगायत अन्य दुई कल्याण तामाङ र भरत ढुंगानाको दाबी रहेको हाम्रा सम्बादाता बिमल तामाङले बताए ।

रामप्रसाद नेपालले यश अघि पनि २ पटक सम्म अध्यक्षतामा दाबी गरिसकेका छन ! पहिलो पटक सर्बसहमति मै अर्का उम्मेदवारीलाई अध्यक्ष बनाएको र अघिल्लो पटक ३ भोटले पराजित भएका थिए । यस पटक भने सर्वसहमतमै नेपाल अध्यक्ष हुने प्रवल सम्भावना रहेको बिमल तामाङले बताए ।

मुख्य गरि मालपोतमा लेखापढी गर्ने नेपाल लेखापढी कानुनी ब्यवसायी एसोसिएसनको हरेक २/२ बर्षमा अधिबेशन हुने गर्दछ । अघिल्लो अधिबेशनमा भोज बहादुर परिवार अध्यक्षमा बिजय भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here