ट्रेड युनियन महासंघ धादिङको मलेखु इकाईको अध्यक्षमा राम थोकर तामाङ चयन

असोज १
अखिल नेपाल ट्रेड युनियन महासंघ मलेखु इकाई कमिटीको भेला सप्पन्न भएको छ ।(माओवादी केन्द्र) धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज एवं नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारीको प्रमुख आतिथ्यता तथा ट्रेड युनियन महासंघ, धादिङका अध्यक्ष बद्रि प्रसाद सुवेदी, नेकपा(माओवादी केन्द्र) धादिङका नेताहरु चन्द्र बहादुर सिलवाल, तारा भण्डारी, ध्रुव सुवेदी लगायतको आतिथ्यतामा एक सय जना भन्दा बढी मजदुरहरुको उपस्थितिमा सम्पन्न भेलाले राम थोकर तामाङको अध्यक्षतामा इकाई कमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षमा दल बहादुर श्रेष्ठ ,सचीवमा धुर्ब श्रेष्ठ ,र कोषाध्यक्षमा दिनेश परियार रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले माओवादी केन्द्रले मजुदरहरुको माग, हक अधिकार सुनिस्चित गर्न,आम उत्पीडित मजदुरहरुकोलागि माओवादी केन्द्र निरन्तर लागिरहेको र अहिलेको सरकारले निति तथा बजेट कार्यक्रम मार्फत श्रमजीविहरुलाई संम्बोधन गरेको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here