अनेरास्ववियू (क्रान्तिकारी) को प्रथम बागमती प्रदेश सम्मेलन असोज ४ गते हुने

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम बागमती प्रदेश सम्मेलन असोज ४ गते काठमाडौँमा हुने भएको छ ।

‘संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षार्थ हाम्रो आन्दोलन !! संविधानको कार्यन्वयन र समग्र शैक्षिक रुपान्तरणको लागि प्रथम बागमती प्रदेश सम्मेलन !!’ भन्ने मूल नाराको साथ् प्रथम प्रदेश सम्मेलन हुन लागेको प्रदेश संयोजक पवन कार्कीले बताए ।

सम्मेलनको तयारीका लागि प्रदेश संयोजक पवन कार्कीको नेतृत्वमा मूल आयोजक समिति र प्रतिवेदन लेखन उपसमिति रहनेछ । प्रदेश सह-संयोजक प्रसुन कार्कीको नेतृत्वमा आर्थिक उपसमिति, बद्रि चुडालको नेतृत्वमा मंच तथा मेष व्यवस्थापन उप-समिति, सुरज सिंह ठकुरीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, कृष्ण न्यौपानेको नेतृत्वमा स्वयंसेवक उपसमिति, संजीव रेग्मीको नेतृत्वमा प्रचारप्रसार उपसमिति तथा प्रदिप अर्यालको नेतृत्वमा कार्यालय व्यवस्थापन उपसमिति निर्माण भएका छन् ।
(source : kantipath)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here