खनियाबास ३ मा भदौ ३ गते झाक्री नाच, म्हेन्दोमाया नाच सहित वाङ्ग तथा छे कार्यक्रम हुने

धादिङ । उत्तरी धादिङको खनियाबास ३ ज्यम्बल गुम्बामा भदौ पुर्णिामाको अबसरमा भदौ ३ गते वाङ तथा छे कार्यक्रम सहित विविध सांस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ ।

नेपाल झाक्री सघं धादिङ र ज्यम्बल गुम्बाको आयोजनामा हुन लागिएको कार्यक्रममा आर्थिक सहयोग बृचेत युवा समाज, डाफे आमा समूह, प्रगतिशिल आमा समूह, 3D बृचेत युवा क्लब लगायतको आर्थिक सहयोगमा हुन लागिएको हो ।

 

गंगाजमुना गाउँपालिका र खनियाबास गाउँपालिकाको गरि करिब दुई दर्जन भन्दा बढी झाक्रीहरुको सहभागीतामा हुने उक्त कार्यक्रममा झ्राक्री नाच, म्हेन्दोदोरा नाच, म्हेंदोमाया नाच साइखोले गीत लगायत
विविध सांस्कृतिक कार्यक्रम हरुको बेजोड प्रस्तुति रहने नेपाल झाँक्री संघ धादिङ शाखाका अध्यक्ष श्री कान्छराम तामाङले जानकारि दिनु भयो ।