अनिस तामाङ ,
धादिङ,३२
धादिङमा आज ७३जनामा डेंगु संक्रमण पुष्टि भएको छ ,
डेंगु संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा ६४ पुरुष, २८ महिला ३६ गरी ६४ जना, सिद्धलेकमा २महिला पुरुष ३ गरि ५ जना ,गजुरीमा महिला १ पुरुष१ गरि २ जना,ज्वालामुखीमा पुरुष १ महिला १ गरि २ जनालाई लागेका थियो भने, एक जना ७२ वर्षीय महिलाको डेंगीको कारण मृत्यु भएको छ ।
जिल्ला अस्पतालबाट साउन २९ गते साँझ ६ बजे रिफर भई त्रि.वि. शिक्षण अस्पतालमा २०८०/०४/३० गते बिहान ५ बजे निधन भएको धादिङ अस्पतालले जनाए ।
थाक्रे बाहेक धादिङको सबै पालिकामा डेंगु फैलिएको छ, अहिले सम्मको रेकर्डमा यो साउनमा थाक्रेमा डेंगु संक्रमित भेटिएको छैन ।