ए बिहानी-बद्रीनाथ गैह्रे(प्रमुख जिल्ला अधिकारी,धादिङ)

ए बिहानी
जसरी अन्धकार हटाई
उज्यालो लिएर आउँछौ
त्यसरी नै हरेक मन र जीवनमा
सकारात्मक किरण छरेर आउनु
रिसराग, ईर्ष्या र दुस्मनी
टाढै छाडेर आउनु ।

ए बिहानी
तिमी बालापन हौ दिनको
हरेक दिनको सफलता
तिम्रो भोगाइमा निर्भर गर्दछ
तिमिले डोयाउने बाटोले नै गन्तव्यको
टुंगो लगाउँछ ।

ए बिहानी
तिमी जति सुन्दर छौ
दिन पनि उस्तै सुन्दर बनाउनु
तिमिमा रहेको स्वच्छता र शितलता
उसलाई पनि दिनु
तिम्म्रो उमंग र उर्जा
उसमा पनि भरिदिनु ।

ए बिहानी
तिम्रो सुरूवातसँगै
राम्रो मात्रै सुन्न पाइयोस्
दिनको समाप्तिसम्म पनि
तिमिमा जस्तै जोश जागर
कायम राख्न पाइयोस्
नरिसाउन् कोही नहुन् दुखी
आहा कति राम्रो दिन भन्न पाइयोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here