धादिङ । उत्तरी धादिङको रुबीभ्याली र खनियाबासमा समेत हरेक बर्ष बर्खा र जाडो महिनामा नियमित रुपमा बिगत लामो समय देखि मोबाइल नेटवर्कमा समस्या देखिने गरेको छ ।
स्थानीयको भनाइ अनुसार निरन्तर ३/४ दिन घाम नलाग्ने हो भने रुबीभ्याली ५ को डेजोङ डाँडामा रहेको टावरले काम नगर्ने जस्ले गर्दा मुख्य गरि रुबीभ्याली ५ को कपुरगाँउ त्यस्तै वडा नं ६ को रिचेत, वडा न ४ को बोराङ लगायतको आसपासमा मोबाइल नेटवर्क बन्द हुने गर्दछ ।
साथै लामो समय सम्म घाम नलाग्दा रुबीभ्यालीको अन्य स्थान टिप्लिङ एबं लिङ्जोमा रहेको टावरमा समेत समस्या देखिने गरेको छ । जस्ले गर्दा सिङ्गो रुबीभ्याली नै मोबाइल नेटवर्क बाट बिच्छेद हुने गरेको छ ।
त्यस्तै खनियाबास गाउँपालिकाको वडा न १ को धेरै जसो स्थान र वडा न २ को केही स्थानमा समेत रुबीभ्याली ५ स्थित डेजोङ डाँडाको टावरले नै काम गर्ने हुदा त्यस क्षेत्रमा समेत मोबाइल नेटवर्क बन्द हुने गरेको स्थानीयको भनाइ छ ।
पछिल्लो समय बिगत ४/५ दिन देखि रुबीभ्याली ५ स्थित डेजोङ डाँडामा रहेको टावरमा समस्या उत्पन्न भैरहेको छ । त्यस्तै आइतबार बेलुका त अन्य टावरले पनि काम नगरेको स्थानीयले होराईजन खबरलाई बताए ।
सञ्चार जस्तो अत्यन्तै महत्त्वपूर्ण एबं संबेदनसिल नभई नहुने बस्तुमा हरेक बर्ष पटक पटक समस्या दोहोरी रहदा पनि यस बिषयमा नेपाल टेलिकम लगायत स्थानीय सरोकार निकायको खासै ध्यान पुग्न सकेको छैन ।
बर्खाको समय कहिले बाढी पहिरो वा आपतकालीन बिरामी हुदाँ मोबाइल नेटवर्क सम्पर्क बिहिन भयो भने त्यसले झनै ठुलो समस्या सृजना गर्न सक्ने हुदा यस बिषयलाई स्थानीय सरकार एबं प्रदेश, केन्द्र सरकार र नेपाल टेलिकमको तुरुन्तै ध्यानाकर्षण भै दीर्घकालीन समस्याको समाधान खोजिनु पर्ने देखिन्छ ।
त्यसै रुबीभ्याली गाउँपालिका वडा ४ को हिन्दुङ गाउँमा त अझै मोबाइल नेटवर्क नै पुग्न सकेको छैन, त्यस्तै रुबीभ्याली ५ को नेबेर र वडा न ६ को लप्चेत गाउँ र कुप्चेत गाउँमा समेत राम्रो संग मोबाइलको टावर नदिने स्थानीयको भनाइ रहेको छ ।






