पहिरोको कारण धादिङको रि गाउमा ५० घरधुरी जोखिमम’

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका १ स्थित रि गाउँ पहिरोको जोखिममा परे सँगै ५० घर धुरीले घरका सामान सार्न थालेको छन् ।
पहिरोको जोखिममा ६५ घर धुरी रहेका छन् । अहिले माथिबाट पहिरो खसिहाल्दा ५० घरधुरी पुरिने अवस्था रहेकोले आजका लागि जोखिम नदेखिएको नजिकका ठाउँहरुमा सामान सार्न थालिएको छ।
६५ घर धुरी पहिरोको जोखिममा रहे पनि ५० घरधुरी रि गाउँमा बस्न सक्ने अवस्था छैन । उहाँहरुलाई कहाँ कसरी राखिने भन्ने विषयमा निर्णय भई नसकेको स्थानीय मेघ तामाङले बताए ।
गाउँभन्दा माथिका जमिन चिरिएकोले कति खेर पहिरो खस्छ ठेगान छैन अहिले स्थानीयहरु सामान अन्यत्र सार्न व्यस्त छन् । छिमेकीहरु पनि सामान सार्न व्यस्त छन् आज छिमेकी कै मा बस्छन् भोली देखि के गर्ने भन्ने निर्णय हुनै बाँकी रहेको स्थानीय तामाङले होराईजन खबरलाई बताए । फाईल तस्वीर मीरा गुरुङ ,री गाउँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here