अन्तर्राष्ट्रिय खबर । इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेपछि अमेरिका र इरानबीचको तनाव थप बढेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार अधिकांश आक्रमण असफल भएका वा वायु रक्षा प्रणालीले निष्क्रिय पारेका छन्। जवाफमा अमेरिकी सेनाले इरानको क्वेसम टापु लगायतका सैन्य अड्डाहरूमा आक्रमण गरेको जनाएको छ। घटनापछि मध्यपूर्वमा सुरक्षा चिन्ता बढेको छ।






