आज देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने अनुमान गरिएको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
बुधबार पनि मौसम यस्तै रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।