धादिङमा संयुक्त रक्तदान कार्यक्रम, ८४ जनाले गरे रक्तदान

धादिङ । नेपाल रेडक्रस सोसाइटी, नीलकण्ठ बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कल र बाल मन्दिर माध्यमिक विद्यालय, नीलकण्ठ धादिङको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ३९ जना महिला र ४५ जना पुरुष गरी जम्मा ८४ जना रक्तदाताले रक्तदान गर्दै मानवताको सेवामा महत्वपूर्ण योगदान दिएका छन्।

रक्त अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने बताएका छन्।
जय रेडक्रस!