अन्तरास्ट्रिय खबर । लामो समयदेखि जारी गाजा युद्ध अन्त्य गर्न इजरायल र हमासबीच अन्ततः सहमति भएको छ। अमेरिकी पहलमा भएको यस सम्झौताअनुसार दुवै पक्षले युद्धविराम लागू गर्ने र सबै जीवित बन्दीलाई चाँडै मुक्त गर्ने सहमति जनाएका छन्।
सम्झौताअनुसार इजरायलले २५० जना आजीवन कैदी र करिब १,७०० गाजावासी कैदीलाई रिहा गर्नेछ। बदला स्वरूप हमासले इजरायली बन्दीहरूलाई मुक्त गर्नेछ। इजरायली सेनालाई पनि सहमत सीमाभित्र फर्काइने बताइएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौतालाई कूटनीतिक सफलता र इजरायलका लागि ठूलो उपलब्धि भनेका छन्। त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई ऐतिहासिक कदमको रूपमा वर्णन गर्दै दुवै पक्षलाई बधाई दिएका छन्।
हमासले पनि सम्झौताको पुष्टि गर्दै इजरायलले सहमति कार्यान्वयनमा ढिलाइ नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।
यो सम्झौता पछिल्ला हप्ताहरूमा चलेका कूटनीतिक प्रयासहरूको परिणामका रूपमा आएको हो।




























