काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको छ। इच्छुक व्यक्तिले https://applyvr.election.gov.np/ मार्फत फारम भरेपछि नजिकको जुनसुकै निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सक्ने छन्।
आयोगका अनुसार कात्तिक मसान्तसम्म नाम दर्ता गर्न सकिनेछ। साथै काठमाडौं उपत्यकाका मिनभवन, जावलाखेल र सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालयहरूमा समेत यो सेवा लिन सकिने जनाइएको छ।




























