काठमाडौ । टोखा नेवाः गुथिबाट दिवंगत आत्माहरूको सम्झनामा प्रकाशित हुँदै आएको स्मृति पुस्तिका ‘स्मृति भाव सागर’ को छैठौँ संस्करण (अंक ६) आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
टोखा नगरपालिका वडा नं. १, २ र ३ अन्तर्गत कला, संस्कृति, परम्परा, पर्व र सभ्यताको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्याएका स्वर्गीय व्यक्तिहरूको सम्मानमा यो स्मृति पुस्तिका हरेक वर्ष प्रकाशित हुँदै आएको हो। यस संस्करणले पनि नेवाः समुदायको सांस्कृतिक चेतना र सामाजिक एकताको गहिरो प्रतीक प्रस्तुत गरेको छ।
विमोचन समारोह
समारोह टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र वडा नं. ३ का अध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा टोखा वडा सदस्यहरू, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, मुलनाइके हेमराज श्रेष्ठ, नेवाः गुथिका अध्यक्ष रमेश नापित, सल्लाहकारहरू, पदाधिकारीहरू तथा सपनतीर्थ संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोल लगायत मृतक आत्माका परिवारजनहरूको विशेष उपस्थिति रहेको थियो।
पुस्तिकाको परिकल्पना र सञ्चालन
परिकल्पना: प्रकाश डंगोल
कार्यक्रम सञ्चालन: हेरकाजी डंगोल, महासचिव, नेवाः गुथि टोखा
कार्यक्रममा दिवंगत व्यक्तिहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दै उनीहरूको योगदानलाई भावनात्मक र दस्तावेजी रूपमा प्रस्तुत गरिएको छ।






