धादिङका रमेश र सुदिप राष्ट्रिय रेफ्री, ओम राष्ट्रिय कोच; ३ खेलाडीले पदक प्राप्त

धादिङ । ललितपुरको सातदोबाटोमा नेपाल कराँते महासंघले आयोजना गरेको १०औं राष्ट्रिय रेफ्री तथा कोच तालिम र युथ च्याम्पियनशिपमा धादिङका खेलकर्मीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

नीलकण्ठ नगरपालिका–८ का रमेश कोईराला र नीलकण्ठ–४ का सुदिप श्रेष्ठ रेफ्रीको प्रमाणपत्र परीक्षामा सफल भई राष्ट्रिय रेफ्री बनेका छन्। कोईराला धादिङबेसी कराँते डोजोका अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल सितिरियो कराँते संघ धादिङका उपाध्यक्ष हुन्।

कोच तालिममा रुवी भ्याली–३ सेर्तुङका ओमबहादुर तामाङले राष्ट्रिय कोचको मान्यता पाएका छन्।

युथ च्याम्पियनशिपमा—

सन्देश भट्टराई (यू–१०, ४० केजी) — रजत पदक

शिरिस दर्लामी मगर (यू–१२, ४० केजी) — कास्य पदक

प्रकृती तामाङ (यू–१४, ४२ केजी) — कास्य पदक

सुहान तामाङ (यू–१४, ४० केजी) — कास्य पदक

प्रतियोगिता श्रावण १८ देखि २२ गतेसम्म सञ्चालन भएको थियो। आयोजकका अनुसार यसले धादिङका खेलाडी र प्रशिक्षकको क्षमता राष्ट्रिय स्तरमा थप मजबुत बनाएको छ।