नेपाल वायुसेवा निगमको ६७औँ वर्षगाँठ, ५० अर्ब ऋण बोकेको अवस्था

kfls{ª u/L /flvPsf ljdfg sf7df8f}F !* h]7 M lqe'jg cGt//fli6«o ljdfg:yndf kfls{ª u/L /flvPsf ljdfg . …sf]le8– !(Ú sf] /f]syfd tyf /f]syfdsf nflu ;/sf/n] nufPsf] ns8fpgsf sf/0f rf6{8{ tyf /]:So' p8fgafx]s cGo p8fg aGb /x]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, असार १७ — सन् १९५८ जुलाई १ मा २८ सिट क्षमताको डोग्लस डिसी–३ डाकोटा विमानबाट सेवा सुरु गरेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ६७औँ वार्षिकोत्सव मनाएको छ। विगतमा देशको प्रमुख ध्वजावाहक कम्पनीको रूपमा रहेको निगमको अहिले लगभग ५० अर्ब रुपैयाँ ऋण रहेको छ।

हाल निगमले दुई थान वाइडबडी A330 र दुई थान न्यारोबडी A320 विमानमार्फत भारत, जापान, कतार, साउदी, युएई, हङकङ, मलेसिया र थाइल्याण्ड गन्तव्यमा सेवा दिँदै आएको छ। आन्तरिकतर्फ भने दुई थान ट्वीनअटरले दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ।

निगमको व्यवस्थापन सुधारका लागि पटक–पटक समिति बने पनि कार्यान्वयन हुन सकेको छैन। वाइडबडी विमान खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष बाट लिएको ऋणसमेत ठूलो आर्थिक बोझको रूपमा रहेको छ।

वार्षिकोत्सवका अवसरमा निगमले मैत्रीपूर्ण फुटबल प्रतियोगिता, कविता वाचन र टेबल टेनिस प्रतियोगिता आयोजना गरेको छ भने बिहान प्रभातफेरी पनि गरिएको छ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार अन्तर्राष्ट्रिय उडानका चारवटै वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको र थप गन्तव्यमा सेवा विस्तारको योजना अघि बढाइरहेको बताएका छन्।