धादिङ । जिल्लाका दुर्गम गाउँपालिका रुवी भ्याली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेट असार १० गते अर्थात भोलि वडा न. ३ सेर्तुङमा गाउँसभा हुने भएको छ ।
रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार यस वर्ष पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याइनेछ। स्थानीय स्रोत न्यून रहेको र केन्द्र तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाए पनि जनताको आवश्यकता र मागलाई मध्यनजर गर्दै बजेट तयार गरिएको जानकारी उनले दिए।