अन्तर्राष्ट्रिय खबर । इरान र इजरेयलबीचको तनावले युद्धको रूप लिंदै जाँदा अमेरिकाले समेत इरानमाथि हवाई आक्रमण गरेको छ। अमेरिकी बी–२ बमवर्षक विमानमार्फत इरानका तीनवटा परमाणु केन्द्रमा बम खसालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
इरानको राजधानी तेहरानबाट झण्डै ९६ किलोमिटर टाढा रहेका आणविक स्थलहरूमा प्रहार गरिएको र यस आक्रमणका लागि अमेरिकी सेनाले प्रशान्त महासागरको गुआम टापुमा सैन्य अखडा स्थापना गरेको बताइएको छ।
युद्ध सुरु भएको दुई हप्तामै अमेरिकाले इरानका सामरिक क्षेत्रमा आक्रमण थाल्दा क्षेत्रीय अवस्था थप जटिल बन्ने देखिएको छ।
यसअघि इरानले तेहरानमा हमाससँग जोडिएका तीन जना सैन्य कमाण्डरको हत्या गरेको पुष्टि गरेको थियो। पछिल्लो आक्रमणसँगै इरान–इजरेयल युद्धमा अमेरिकी संलग्नताले स्थिति थप संवेदनशील बनेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको धारणा छ।