इरान तर्फ गोप्य रूपमा उडिरहेका चिनियाँ विमानले विश्वको ध्यान तान्यो

(150423) -- JAKARTA, April 23, 2015 (Xinhua) -- Chinese President Xi Jinping (R) meets with Iranian President Hassan Rouhani in Jakarta, capital of Indonesia, April 23, 2015. (Xinhua/Zhang Duo) (lfj)

अन्तर्राष्ट्रिय खबर । इजरायल र इरानबीच जारी तनावका बीच चिनियाँ विमानहरू गोप्य रूपमा इरानको राजधानी तेहरान पुगिरहेको तथ्य सार्वजनिक भएको छ। पछिल्लो सातादेखि फ्लाइट रडार मा देखिएका दर्जनौँ चिनियाँ बोइङ ७४७ विमानहरू इरानतर्फ उडिरहेका छन्।

रक्षा विश्लेषकहरूका अनुसार यी विमानहरू इरानलाई सैन्य वा रणनीतिक सहयोग पुर्‍याउने उद्देश्यले पठाइएको हुन सक्ने अनुमान गरिएको छ। इरान अहिले इजरायली आक्रमणको सामना गरिरहेको बेला चीन र रूस इरानको पक्षमा उभिन सक्ने संकेत देखिएको छ।

चिनियाँ विमानहरू चीनको उत्तरी भागबाट कजाकिस्तान, उज्वेकिस्तान हुँदै इरानको सीमासम्म पुगेर रडारबाट हराउने गरेका छन्। यद्यपि, विमानहरूको गन्तव्य लक्जमबर्ग देखाइएको भए पनि कुनै पनि विमान युरोपेली आकाशमा प्रवेश नगरेको रिपोर्ट छ।

यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले इजरायल र इरानबीच मध्यस्थता प्रस्ताव गरेका छन् भने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ले सो प्रस्ताव अस्वीकार गरेका छन्।

विश्लेषकहरूका अनुसार २०२१ मा चीन र इरानबीच भएको २५ वर्षे रणनीतिक समझदारी सम्झौता पछि यी गतिविधि बढेका हुन्। विशेषज्ञहरू भन्छन् — इरानसँगको सैन्य, आर्थिक र कूटनीतिक सम्बन्धलाई चीनले बलियो बनाउने संकेत देखिएको छ।

मध्यपूर्वमा यस घटनाले नयाँ रणनीतिक समीकरण बनाउन सक्ने अनुमान गरिएको छ।