‘अञ्जिला’ चलचित्रले सात सिनेमा भवनमा १०० दिन प्रदर्शन पुरा

काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा को जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात वटा सिनेमा भवनमा १०० दिनको सफल प्रदर्शन पुरा गरेको छ ।

चलचित्रले काठमाडौँको क्युएफएक्स सिटीस्क्वायर मल (सामाखुसी), कीर्तिपुर सिनेप्लेक्स, इटहरीको एलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा लगातार १०० दिन प्रदर्शन पुरा गरेको हो ।

निर्देशक मिलन चाम्स ले चलचित्रको सफलताप्रति खुसी व्यक्त गर्दै भने, “खेलाडीको जीवनीमा आधारित चलचित्रलाई दर्शकले दिनुभएको माया अमूल्य छ । यसले आउँदा दिनमा अन्य खेलाडीको कथा पनि पर्दामा उतार्न प्रेरणा दिएको छ ।”

निर्देशक चाम्सले कप्तान सुब्बाको घर बनाउने सपना पनि छिट्टै पुरा हुने जानकारी गराए ।

फिल्ममा स्वयं कप्तान अञ्जिला तुम्बापो सुब्बा सहित दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ र प्रेमकुमार श्रेष्ठ को अभिनय रहेको छ ।
चलचित्र २०७८ साल फागुन २९ गतेदेखि प्रदर्शनमा आएको थियो ।