धादिङ । रुवीभ्याली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमप्रति विशेष ध्यानाकर्षण गराउँदै नेकपा माओवादी केन्द्र रुवीभ्याली गाउँपालिका पार्टी समितिले गाउँपालिका अध्यक्ष रामसिंह तामाङलाई सुझाव पत्र बुझाएको छ।
रुवीभ्याली गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र रुवीभ्याली ३ का अध्यक्ष चेलामा तामाङको नेतृत्वमा सुझाव पत्र बुझाइएको हो। सुझाव पत्रमा आगामी आर्थिक बर्ष ८२/८३ को निति तथा कार्यक्रमको लागि शिक्षा, स्वास्थ, कृषि, पर्यटन, सडक लगायत विविध बिकास निर्माणको पुर्वाधार केन्द्रित सुझावहरु सहित ध्यानाकर्षण गरिएको अध्यक्ष तामाङले बताउनु भयो ।
कार्यक्रममा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई जनताको जीवनस्तर सुधार गर्ने खालका योजना समावेश गर्नुपर्ने, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने माग उल्लेख गरिएको थियो।