धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ अन्तर्गत जिविकोपार्जन सुधार तथा सिप विकासका लागि सञ्चालन गरिएको १५ दिने बेकरी तालिम सम्पन्न भएको छ।
समापन समारोहको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले गर्नुभएको थियो। कार्यक्रममा योजना शाखा प्रमुख नवराज श्रेष्ठ, वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर खत्री, शाखा प्रमुख बिना सिटौला लगायत विभिन्न कार्यालय प्रतिनिधिहरूको आतिथ्य रहेको थियो।
तालिममा सहभागीलाई बेकरी व्यवसाय सञ्चालन र जिविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यसहित तालिम प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।
समापन समारोहमा सहभागीहरूले सिप विकासमार्फत स्वरोजगारको अवसर सिर्जना गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने धारणा राखेका थिए।