त्रिपुरासुन्दरीको नीति तथा कार्यक्रमको लागि माओवादी केन्द्र द्वारा ध्यानाकर्षण पत्र पेस

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमप्रति विशेष ध्यानाकर्षण गराउँदै नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी गाउँपालिका पार्टी समितिले गाउँपालिका अध्यक्ष राजु उप्रेतीलाई ज्ञापन पत्र बुझाएको छ।

गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी पार्टी अध्यक्ष रामकृष्ण बसौंलाको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवराज धरेल, प्रवक्ता कुश बहादुर सिटौला, वडा नं. ७ का अध्यक्ष हरी विक, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी तथा विभिन्न पार्टी नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई जनताको जीवनस्तर सुधार गर्ने खालका योजना समावेश गर्नुपर्ने, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने माग उल्लेख गरिएको थियो।