रुवीभ्यालीमा ‘जनतासँग संवाद’ अन्तर्क्रिया कार्यक्रम सम्पन्न

धादिङ । रुवीभ्याली गाउँपालिकामा “जनतासँग संवाद” तथा “तपाईंको आवाज, हाम्रो सवाल” भन्ने मूल नाराका साथ स्थानीय सरकार र सरोकारवाला बीच प्रत्यक्ष संवाद, प्रश्न–उत्तर तथा विचार आदानप्रदान गर्ने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

रुवीभ्याली गाउँपालिका–३, सेर्तुङमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग हाइड्रोपावर, शिक्षा, स्वास्थ्य, सडक, विकास निर्माण, सेवा प्रवाह लगायत विषयमा स्थानीय बासिन्दा र सरोकार व्यक्तिहरूले आफ्ना गुनासो, सुझाव र जिज्ञासाहरू राखेका थिए। सो अवसरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरूले प्रश्नहरूको जवाफ दिएका थिए।

कार्यक्रममा होराईजन खबरका सम्पादक योगेन्द्र तामाङको अध्यक्षता, रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिह तामाङको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ र प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार गोले विशेष अतिथिको रूपमा सहभागी भएका थिए।

त्यसैगरी, वडा नं. १ का अध्यक्ष पम्बर तामाङ, वडा नं. २ की अध्यक्ष रुपा घले, वडा नं. ३ का अध्यक्ष फेदोर्जे तामाङ, विभिन्न वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय जनता समेतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम रुवीभ्याली गाउँपालिकाको आयोजनामा र सुनमुन मिडियाको समन्वय तथा होराईजन खबरको मिडिया पार्टनरशिपमा सम्पन्न भएको हो।