धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ५ दिने मौरीपालन तालिम सुरु गरिएको छ।
तालिम वडा नम्बर ५ र ६ का ५/५ जना महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको हो। गाउँपालिकाले महिलाहरूलाई स्वरोजगारमा लाग्न प्रेरित गर्ने उद्देश्यले मौरीपालन जस्तो आयआर्जनमुखी कार्यक्रम सञ्चालन गरेको हो।
तालिममा सहभागी महिलाहरूलाई मौरीको हेरचाह, घार व्यवस्थापन, मह सङ्कलन तथा बजार व्यवस्थापन सम्बन्धी प्राविधिक ज्ञान दिइने जनाइएको छ।
सहभागी महिलाहरू यस्तो तालिमले गाउँमै आयआर्जनको अवसर मिल्ने भन्दै खुशी व्यक्त गरेका छन्।