अन्तर्राष्ट्रिय खबर । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरमा आप्रवासी अधिकारको माग गर्दै भइरहेको प्रदर्शन थप चर्किएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच लगातार झडप भइरहेका छन्।
प्रदर्शन नियन्त्रणका लागि सरकारले सैनिक बल बढाउँदै २,००० भन्दा बढी राष्ट्रिय सुरक्षागार्ड परिचालन गरेको छ। यसैबीच क्यालिफोर्नियाका गभर्नरले केन्द्र सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै कानुनी कारवाहीको चेतावनी दिएका छन्।
सडकमा आगजनी, तोडफोड र भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। चार दिनदेखि जारी प्रदर्शन अझै नथामिएपछि सहरको मुख्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
अवैध आप्रवासीमाथि गरिएको धरपकड र बल प्रयोगप्रति अमेरिकाका केही नेताहरूले आलोचना गरेका छन्।