धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ स्थित खहरे बजारमा आज पसल अनुगमन गरिएको छ। गाउँपालिकाको उपाध्यक्ष देबराज धरेलको नेतृत्वमा बजार अनुगमन गरिएको छ ।
अनुगमन टोलीमा योजना शाखा प्रमुख नबराज श्रेष्ठ, राजस्व विभाग प्रमुख पार्बती बुर्लाकोटी, स्वास्थ्य शाखा प्रमुख एम बहादुर श्रेष्ठ, र कृषि शाखा प्रमुख केपी भट्टराई लगायतको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा म्याद नाघेका सामग्री, स्वच्छता अभाव र कर तिर्न बाँकी रहेका पसलहरूको अनुगमन गरिनुका साथै सुधारका लागि निर्देशन दिइएको छ।
साथै पालिकाम दर्ता मभएका, नियम विपरीत सञ्चालन भएका पसलहरूमाथि कारवाही गरिने समेत चेतावनी दिएको छ ।